मंगलबार, माघ २४, २०७९

एकीकृत समाजवादीको मन्त्री फेर्ने निर्णय कार्यन्वयन नहुने

फ्ल्यासन्युज नेपाल२०७९ जेठ २३ गते १५:४२

नेकपा एकीकृत समाजवादी पार्टीले आफ्ना बहालवाला मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउने निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ ।

सोमबार विहान सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको छलफलले तत्काल मन्त्रिपरिषद हेरफेर नगर्ने निर्णयसँगै नेकपा एसको निर्णय थमौती भएको हो ।

अब स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङले यथावत रुपमा काम गर्ने भएका छन् ।

तपाइँको प्रतिक्रिया