शनिबार, माघ २१, २०७९

२०-२२ वर्षका युवायुवती मृत अवस्थामा फेला

फ्ल्यासन्युज नेपाल२०७९ जेठ २३ गते १४:३९

फर्पिङको जंगलमा युवा–युवती मृत भेटिएका छन् । प्रहरीका अनुसार अन्दाजी २२, २३ वर्षका जोडी युवा–युवती सोमबार बिहान फ़र्पिङको जंगलमा मृत अवस्थामा फेला परेका हुन्।

यद्यपी मृतकको सनाखत हुन सकेको छैन। घटनास्थल नजिकै औषधिको बट्टा पनि फेला परेको प्रहरीले जनाएको छ।

घटनास्थलमा अपराध अनुसन्धान कार्यालयको टोली अनुसन्धानका लागि पुगेको छ ।

तपाइँको प्रतिक्रिया