शुक्रबार, माघ १३, २०७९

ओलीको प्रश्नः वातावरणबारे कसले सोच्ने ?

फ्ल्यासन्युज नेपाल२०७९ जेठ २२ गते १९:४०

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वातावरणका विषयमा चिन्ता गर्ने कोही नभएको बताएका छन् ।

आइतबार वातावरण दिवसका अवसरमा ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरु सरकारबाट हटेपछि वातावरणबारे सोच्ने कोही नभएको बताएका हुन् ।
वातावरण विनाशको डिलमा पुग्न लागेको उल्लेख गर्दै यसबारे केही नलेज छ कि छैन ? भनी सरकारलाई प्रश्न गरेका छन् ।

अहिले सरकार पैसाबाहेक अरु केही नसोच्नेहरुको हातमा पुगेको ओलीले बताए ।

‘हामी सरकारबाट हटेपछि कसले कसले सोच्ने वातावरण, कसले सोच्ने अरु ? पैसाबाहेक अरु नसोच्नेहरुका हातमा सरकार पुगेपछि के को, वातावरण के को के ? त्यो सबै टुंगियो कुरा’ उनले भने ।

आफू प्रधानमन्त्री हुँदा वातावरण र जलवायु परिवर्तनको महत्व दर्शाउनका लागि अन्तर्राष्ट्रिय स्तरको ‘सगरमाथा संवाद’ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको पनि ओलीले स्मरण गरे । यद्यपि कोरोनाका कारण २०२० मा निरन्तरता हुन नसकेको उनले बताए ।

अध्यक्ष ओलीले वातावरण संरक्षणका लागि वनको हिमालको भूमिका हुने भन्दै विश्वले नेपालको हिमालबारे चर्चा गर्नुपर्ने बताए ।

तपाइँको प्रतिक्रिया