एकीकृत समाजवादीले थप्यो गैर सांसद मन्त्री
फ्ल्यासन्युज नेपाल२०७९ जेठ २२ गते १९:३७
नेकपा एकीकृत समाजवादी पार्टीले परिवर्तन गरेका मन्त्रीहरुमा गैरसांसद परेका छन् ।
हाल सरकारमा सहभागी मन्त्रीहरूले प्रेमबहादुर आले, रामकुमारी झाँक्री, विरोध खतिवडा र किसान श्रेष्ठलाई फिर्ता बोलाउँदै नयाँ मन्त्रीहरुको सिफारिस गरेको हो ।
आइतबार पार्टीका अध्यक्ष माधवकुमार नेपालले मेटमणि चौधरी, शेरबहादुर कुँवर, जीवनराम श्रेष्ठ र हिराचन्द्र केसीलाई मन्त्री बनाउन प्रधानमन्त्री समक्ष सिफारिस गरेका हुन् ।
जसमा शेरबहादुर कुँवर गैरसांसद हुन् । सुदूरपश्चिमबाट राष्ट्रियसभा सदस्य रहेका उनको कार्यकाल गत फागुन मै सकिएको हो ।
यसअघि देउवा सरकारका कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा गोविन्द बन्दीलाई मन्त्री बनाइएको थियो । उनी पनि गैर सांसद हुन बन्दी पनि नेकपा एस निकट मानिन्छन् ।