मंगलबार, माघ २४, २०७९

विश्व वातावरण दिवसको अवसरमा सशस्त्र प्रहरी बलद्धारा वृक्षरोपण

फ्ल्यासन्युज नेपाल२०७९ जेठ २२ गते १६:२१

विश्व वातावरण दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय परिसरमा वृक्षरोपण गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको समेतको सहभागितामा फलफूल लगायत विभिन्न जातका ८१ वटा बोटविरुवा रोपिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

त्यसअवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत, जुनियर अधिकृत तथा बिल्लादार जवानहरुको सहभागिता थियो । सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन शर्माका अनुसार देशभरका सशस्त्र प्रहरी बलका विभिन्न इकाइहरुमा समेत वृक्षरोपणको कार्यक्रम छ ।

यसैगरी दश लाख वृक्षरोपण अभियान अन्तर्गत आज चन्द्रागिरी नगरपालिकामा पनि वृक्षरोपण कार्यक्रम हुँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि विश्वमा वातावरणप्रति सचेतना फैलाउने उद्देश्यले हरेक वर्षको ५ जुनमा विश्व वातावरण दिवस मनाउने गरिन्छ ।

तपाइँको प्रतिक्रिया