शनिबार, माघ २१, २०७९

बालेनलाई साथ र सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता

फ्ल्यासन्युज नेपाल२०७९ जेठ २१ गते १२:४०

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगसँग भेट गरेका छन् ।

शनिबार बिहान खुमलटारस्थित प्रचण्ड निवासमा पुगेर मेयर शाहले अध्यक्ष प्रचण्डलाई भेटेका हुन् ।

प्रचण्डले मेयर साहसँग भने,‘तपाईँको जित बहुत ठूलो क्रान्ति हो । पहिलेका स्वतन्त्र मेयरहरू कुनै एउटा पार्टीसँग अलाइन्स भएर अरू पार्टीलाई गाली गर्ने सिस्टम थियो तर तपाईले पहिलो पटक सबैलाई मिलाउँदै सहकार्य गर्ने काम गरिरहनुभएको छ त्यो सहरानिय छ त्यसैले हजुरलाई हाम्रो सधैंभरी साथ र सहयोग रहनेछ।’

यसअघि मेयर साहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेर बहादुर देउवासँग भेट गरेका थिए ।

तपाइँको प्रतिक्रिया