मंगलबार, माघ २४, २०७९

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको भाउ

फ्ल्यासन्युज नेपाल२०७९ जेठ १९ गते २१:३२

सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। बिहीबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ लिटरमा १० रूपैयाँ घटाएको हो।

नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १७० रूपैयाँ, डिजेल र मट्टीतेल १५३ रूपैयाँ लिटर पर्नेछ।

एलपी ग्यासको भने मूल्य यथावत, एक हजार ८ सय रूपैयाँ नै छ। त्यस्तै हवाइ इन्धन (आन्तरिक) को मूल्य लिटरको १६६ रूपैयाँ छ।

तपाइँको प्रतिक्रिया