बिहीबार, माघ २६, २०७९

प्रधानमन्त्री देउवाले बालेनलाई भने-काम पर्दा मलाई २४ घन्टा नै सम्झन सक्नुहुनेछ

फ्ल्यासन्युज नेपाल२०७९ जेठ १८ गते १९:२१

बुधबार प्रधानमन्त्री निवास पुगेर काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटघाट गरेका छन् । प्रधानमन्त्री देउवाले मेयरमा निर्वाचित भएकोमा शाहलाई बधाई समेत दिएका थिए।
पाँच वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुनेछ,’ प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै मेयर बालेनका सहयोगी कुमार व्यञ्जनकारले सेतोपाटीसँग भने,‘काम पर्दा मलाई २४ घन्टा नै सम्झन सक्नुहुनेछ। कार्यपालिकामा नि कांग्रेसको बहुमत छ। विकासको काममा सहयोग हुनेछ। फोहोर व्यवस्थापनको लागि जे(जे उपाय छ लगाउनुहोला। केन्द्र सरकार, मन्त्रालय, सडक विभाग सबैबाट सहयोग हुनेछ।’

बालेनले मतपरिणाम नआउँदै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई उनको निवास बालकोट पुगेर भेटेको तस्बिर मंगलबार सार्वजनिक भएको थियो।

तपाइँको प्रतिक्रिया