नायिका मिरुना मगर र फुर्बा तामाङबीच सहमति
फ्ल्यासन्युज नेपाल२०७९ जेठ १८ गते ११:१४
नायिका मिरुना मगर र फुर्बा तामाङबीच सहमति भएको छ ।
अभद्र व्यवहार प्रकरणमा दुवैले आ–आफ्नो गल्ती स्वीकार गर्दै सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
उनीहरुबीच चलचित्र ‘कबड्डी ४’ को टिमको रोहबरमा दुई पक्षबीच सहमति भएको हो ।
सहमति पत्रमा फुर्बाले आफ्नो गल्ती स्वीकार गर्दै माफी मागेको र मिरुनाले माफी दिएको उल्लेख छ ।
मिरुनाले आफूबाट आकस्मिक प्रतिक्रिया जनाउने क्रममा भएको घटनाले सिंगो बौद्ध धर्माबलम्बी, भिक्ष, लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमायाचना गरेकी छन् ।
उनीहरुबीच आगामी दिनमा विवाद नगर्ने पनि सहमति भएको छ ।