थप्पड प्रकरणले विवादमा फँसिन कबड्डी–४ अभिनेत्री मिरुना
एक जना दर्शकलाई थप्पड हानेर प्रहरीकहाँ बुझाएको प्रकरणले सिनेमा घरमा राम्रो व्यापार गरिरहेको फिल्म कबड्डी ४ की मुख्य अभिनेत्री मिरुना मगर विवादमा फँसेकी छन्।
फिल्मलाई माया गरी हेर्न आएका दर्शक फुर्वा तामाङलाई थप्पड हानी अभद्र व्यवाहार गरेको भनी प्रहरीलाई बुझाइएको थियो। तामाङले माफी मागेर भूलबस छुन पुगेको पनि भनेका थिए।
यहि प्रकरणले अभिनेत्री मगर विवादको घेरामा पुगेकी छन्। सामाजिक सञ्जालमा उनको तिव्र विरोध र आलोचना हुन थालेको छ। क्तिपय सञ्जाल प्रयोगकर्ताले उनको तस्बिरमा क्रस चिन्ह लगाएर प्रचार गर्न थालेका छन् भने कबड्डी ४ नहेर्नका लागि पनि ट्रोल बनाउन थालेका छन्।
यसले फिल्मको व्यापारमा हानि गर्ने निश्चित छ। सुन्धारास्थित सिभिल मलमा फिल्म हेर्न आएका मुगु घर भएका अन्दाजी २९ वर्षीय तामाङलाई हिरोइन मिरुनाले आइतबार साँझ झापड हानेकी थिइन्।
मिरुनाले सबैको अगाडि ‘तिमी सोच्छौ यो जोक हो?’ भन्दै उनलाई सबैको अगाडि माफी माग्न लगाइन्।
‘कबड्डी ४’ फिल्म गत शुक्रबारबाट रिलिज भएको हो। शुक्रबार र शनिबार दुई दिनमा ६ करोड रुपैयाँ कमाएर नेपाली बक्स अफिसमा नयाँ रेकर्ड राखेको बताइएको छ। फिल्मलाई देशभरका १ सय ५० हलहरूमा रिलिज गरिएको थियो।