शनिबार, माघ २१, २०७९

तारा एयर दुर्घटना : सबै शव भेटियो काठमाण्डौ ल्याउने तयारी

फ्ल्यासन्युज नेपाल२०७९ जेठ १७ गते ९:३७

मुस्ताङमा आइतबार २२ जनाको ज्यान जानेगरी भएको तारा एयरको विमान दुर्घटनामा हराइरहेको एउटा शव पनि फेला परेको छ ।सोमबारसम्म २१ जनाको शव भेटिएकोमा मंगलबार बिहान थप १ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी रामकुमार दानीले बताए ।

खोँचमा अड्किरहेको अवस्थामा बाँकी शव फेला परेको उनले बताए । घटनास्थलबाट १० वटा शव कोबाङ ल्याइएको छ । खराब मौसमका कारण समाचार तयार पार्दासम्म २ वटा शव घटनास्थलमा नै रहेको छ । बाँकी दुईवटा शव ल्याएपछि १२ वटा नै शव काठमाडौँ ल्याउने तयारी भइरहेको छ । सोमबारनै १० वटा शव काठमाडौँ ल्याइसकिएको छ ।

तपाइँको प्रतिक्रिया