शुक्रबार, माघ १३, २०७९

काठमाडौँ महानगरका मेयर बालेनले गरेको पहिलो निर्णय

फ्ल्यासन्युज नेपाल२०७९ जेठ १६ गते २१:००

काठमाडौं महानगरपालिकाको पहिलो नगर कार्यपालिकाको बैठकले विभिन्न प्रस्तावहरु अनुमोदन गरेको छ ।

सोमबार बसेको बैठकमा मेयर बालेन साहले सडकमा पर्ने खाल्डाखुल्डी पुर्ने, ढल निकास नियमित गर्ने जस्ता काम ७ दिनभित्र सक्न २ वटा भौतिक पूर्वााधार एम्बुलेन्स सुरु गर्ने प्रस्ताव राखेका थिए, जसलाई कार्यपालिका बैठकले अनुमोदन गरेको छ ।

त्यस्तै, नगरबासीको गुनासो सुन्न कल सेन्टर स्थापना गर्ने निर्णय पनि भएको छ । सडकमा खाल्डाखुल्डी परेको, पानी जमेको जस्ता गुनासो सुन्ने काम पनि यही कल सेन्टरले गर्ने छ ।

त्यस्तै, फोहर व्यवस्थापनबारे अध्ययन गर्न मेयर र उपमेयर समेत रहेका कार्यदल गठन गर्ने निर्णय भएको छ ।

बैठकले निजी रेष्टुरेन्टहरुमा निःशुल्क शौचालय सञ्चालनमा ल्याउने समेत निर्णय गरेको छ ।

मेयर शाहले अनौपचारिक रुपमा रेस्टुरेन्ट व्यवसायीहरुसँग कुराकानी गर्दा त्यसका लागि सकारात्मक रहेको बताए । त्यस्ता रेष्टुरेन्टमा महानगरले संकेत चिह्न राख्नेछ र सर्वसाधारणले निःशुल्क प्रयोग गर्न सक्नेछन् ।

तपाइँको प्रतिक्रिया