मंगलबार, माघ २४, २०७९

तारा एयर अपडेट: खराब मौसमका कारण १० वटा शव मात्र काठमाण्डौ ल्याइयो

फ्ल्यासन्युज नेपाल२०७९ जेठ १६ गते १८:२२

तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका २२ मध्ये २१ शव फेला परेको छ । अझै एउटा शव फेला पर्न नसकेको उद्धार टोलीले जनाएको छ ।

नेपाली सेनाको हेलिकोप्टरले १० वटा शव काठमाडौं ल्याइ सकेको छ । ११ शव अझै पनि घटनास्थलमा रहेका छन् ।

खराब मौसमका कारण हेलिकोप्टर झर्न नसकेकाले संकलन गरिएका शव काठमाडौं ल्याउन नसकेको नेपाली सेनाले जनाएको छ ।

तपाइँको प्रतिक्रिया