बिहीबार, माघ २६, २०७९

काठमाडौंका मेयर बालेन साहले नेपाली र नेपाल भाषामा लिए शपथ

फ्ल्यासन्युज नेपाल२०७९ जेठ १६ गते १२:५८

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले सपथ ग्रहण गरेका छन् ।

सोमबार राष्ट्रिय सभा गृहमा एक समारोहका बीच उनीहरुले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

त्यसपछि पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । आजै महानगरका प्रमुख, उपप्रमुखसहित ३२ वडाकै वडाध्यक्ष र सदस्यहरुले सपथ ग्रहण गरेका छन् ।

सपथ ग्रहण कार्यक्रमा नगरप्रमुख साहले जीवन साथीसहित दौरा सुरुवाल र भादगाउँले टोपीमा देखिएका छन् ।

त्यस्तै, उनले सपथ ग्रहणमा माला लगाउन मानेनन् । यसअघि उनले काठमाडौँको फोहोरको स्थायी व्यवस्थापन गरेपछि मात्रै माला, खादा लगाउने घोषणा गरेका थिए ।

तपाइँको प्रतिक्रिया