मंगलबार, माघ २४, २०७९

तारा एयरको जहाज टुक्राटुक्रा भएको अवस्थामा भेटीयो, १४ जनाको शव संकलन

फ्ल्यासन्युज नेपाल२०७९ जेठ १६ गते ९:५८

आइतबार बाट सम्पर्कविहीन भएको तारा एयरको विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ मा भेटिएको छ। स्थानीयले खबर गरेपछि नेपाली सेना र प्रहरीको टोली घटनास्थल पुगेको छ । जहाज पुरै टुक्राटुक्रा अवस्थामा छ । अहिले शव संकलन गरिरहेको नेपाली सेनाको विजयपुर ब्यारेकका प्रमुख सेनानी प्रेम पौडेलले जानकारी दिए । दुर्घटनामा परी मृत्यु भएकाहरूको शव सिधै काठमाडौं ल्याइने छ ।
जहाजमा सवार २२ जनामध्ये १४ जनाको शव संकलन भएको छ । जहाजमा सवार कसैलाई पनि जिवित अवस्थामा भेट्न सम्भावना नरहेको अधिकारीहरुले बताएका छन् ।

तपाइँको प्रतिक्रिया