कर्मचारीको तलव १५ प्रतिशत बढ्यो
फ्ल्यासन्युज नेपाल२०७९ जेठ १५ गते १९:१७
सरकारले कर्मचारीहरुको तलब १५ प्रतिशत बढाएको छ ।
आइतबार आगामी आर्थिक वर्ष २०७९ ८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले निजामती, सेना, प्रहरी र शिक्षकलगायत कर्मचारीको १५ प्रतिशत तलब वृद्धि गरेको घोषणा गरेका छन् ।
महंगी भत्तालाई पनि निरन्तरता दिइएको छ । नयाँ तलब साउन १ गतेदेखि लागू हुनेछ ।