आर्थिक वर्ष २०७९/८० का लागि करिब १८ खर्बको बजेट प्रस्तुत
फ्ल्यासन्युज नेपाल२०७९ जेठ १५ गते १९:१५
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि करिब १८ खर्बको बजेट प्रस्तुत गरेको छ ।
आइतबार संघीय सदनका संयुक्त सदनमा अर्थमन्त्री जनार्दन शमाले १७ खर्ब ९८ अर्ब ८३ करोडको बजेट प्रस्तुत गरेका हुन् ।
नेपालको संविधान २०७२ ले हरेक जेठ १५ गते अनिवार्य रुपमा बजेट पेश गर्नुपर्ने बाध्यत्मक व्यवस्था गरेको छ ।