शनिबार, माघ २१, २०७९

पाइलट प्रभाकर घिमिरेको मोबाइलमा फोन गएको हुनाले मोबाइल ट्र्याक गरेर खोजी कार्यहुदैछ : मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा

फ्ल्यासन्युज नेपाल२०७९ जेठ १५ गते १४:०६

पोखराबाट मुस्ताङ उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएपछि खोजी कार्य जारी राखिएको छ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सम्पर्कविहीन जहाज खोज्न पोखराबाट नेपाली सेनाको हेलिकप्टर पनि मुस्ताङतर्फ आउँदैछ र फिस्टेलको हेलिकप्टर पनि विहानै देखि परिचालन गरिएको बताए ।

अहिले मौसम केही सफा भएको र पाइलट प्रभाकर घिमिरेको मोबाइलमा फोन गएको हुनाले उक्त मोबाइल ट्याक गरेर त्यो लोकेसनमा खोजी गर्दैछौं।’

प्रजिअ शर्माका अनुसार धौलागिरि हिमाल रेन्ज आसपासका क्षेत्रमा खोजी कार्य जारी राखिएको छ।

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन छ।

मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो।

जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए।

तपाइँको प्रतिक्रिया