सम्पर्कविहिन विमानमा रहेका यात्रि तथा चालक दलका सदस्यहरु
पोखराबाट जोमसोमका लागी उडेको तारा एयरको विमान सम्पर्कविहिन भएको विमानमा १६ नेपालीसहित ६ जना विदेशी रहेको बताइएको छ ।
विमान प्याप्टेन प्रभावकर घिमिरेले उडाएका थिए भने सहचालक उत्सव पोखरेल र एयर होस्टेन किस्मी थापा छिन् ।
विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार छन्।
१९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो ।
जहाज १० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा ल्यान्ड हुनुपर्ने थियो। मुस्ताङ जिल्लाभित्र छिरेपछि सम्पर्कविहीन भएको हो । मुस्ताङको घाँसा क्षेत्रमा ठुलो आवाजसहित आगोको मुस्लो देखिएको स्थानीयले बताएपछि खोजीदल उक्त क्षेत्रमा परिचालन गरिएको छ ।