पाइलट प्रभाकर घिमिरेले अन्तिमपटक लेतेको आकाशमाथिबाट कुराकानी गरेका थिए
फ्ल्यासन्युज नेपाल२०७९ जेठ १५ गते १३:३०
जोमसोमका लागि पोखराबाट उडेको तारा एयरको जहाजका पाइलट प्रभाकर घिमिरेले लेतेको आकाशमाथिबाट अन्तिमपटक कुराकानी गरेको खुलेको छ ।
विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर पुष्कल शर्माले पाइलट घिमिरेसँग कुराकानी भएको बताए ।
पाइलट घिमिरले कुराकानीमा हावाको गतिको विवरण सोधेको शर्माले बताए ।
हावाको विवरण दिएपछि आफूले समिटको जहाज अवतरण गराउन लागेको र त्यसपछि तारा एयरको जहाजलाई पुन: सम्पर्क गर्दा सम्पर्क नभएको शर्माले बताए ।
जोमसोमको हावाको विवरण माग्दा ताराको जहाज १२ हजार ५ सय फिटको उचाईमा रहेको शर्माको भनाइ छ ।
जोमसोम विमानस्थल ९ हजार फिट उचाईमा छ । शर्माका अनुसार घिमिरेलाई जानकारी दिँदा जोमसोमको हावाको गति २५ नटिकल माइल प्रतिघण्टा (४६.३ किमि)को गतिमा थियो । यो गति सामान्य नभए पनि जोमसोममा भने यो गतिमा विमान टेक अफ र अवतरण हुने शर्माले जनाए ।