नवनिर्वाचित मेयर बालेन्द्र साह बाट सिस्डोल र बञ्चरेडाँडा अवलोकन
फ्ल्यासन्युज नेपाल२०७९ जेठ १३ गते २१:४८
काठमाडौँका नवनिर्वाचित मेयर बालेन्द्र साहले आज सिस्डोल र बञ्चरेडाँडा अवलोकन गरेका छन् । त्यसक्रममा उनले स्थानीयको माग सम्बोधन गरेर जाने बताए । त्यसका लागि योजना पनि बनाइसकेको उनले जानकारी गराए । काठमाण्डौ महानगरपालिकाको फोहोरको समस्या दीर्घकालीन रुपमा समाधान नगरे सम्म कुनै जितको उत्सव नमनाउने अठोट लिएका मेयर बालेन्द्र साहले खादा र माला समेत नलाउने साथै अन्तर्वार्ता समेत नदिने बताएका छन् । विगत केही समय देखि काठमाण्डौ महानगरपालिकाको फोहोर व्यवस्थापन हुन सकेको छैन ।
सिस्डोल र बञ्चरेडाँडामा फोहोर लिएर गएका सयौ गाडीहरु स्थानिय वासिन्धाको विरोधका कारण बाटैबाट फर्किएका छन् ।