शनिबार, माघ २१, २०७९

पेट्रोलियम पदार्थको मूल्य घट्ने

फ्ल्यासन्युज नेपाल२०७९ जेठ १३ गते १५:५८

गत मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर घटाउने कुरामा छलफल भएको छ तर हालसम्म कुन कर घटाइने भन्नेमा भने निश्कर्ष निस्किएको छैन।

हाल पेट्रोलमा १० रूपैयाँ पूर्वाधार कर लाग्दै आएको छ। यसैलाई हटाइने गृहकार्य भइरहेको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।

पेट्रोलियम पदार्थमा भन्सार तथा प्रज्ञापन शुल्क, सडक मर्मत सम्भार शुल्क, प्रदुषण शुल्क, पूर्वाधार कर र मूल्य स्थिरीकरण कोषमा जाने रकम जोडेको हुन्छ। यी सबै कर र शुल्क जोड्दा हाल एक लिटर पेट्रोल १८० रूपैयाँ पर्छ । यो रकम मध्य ६३ रूपैयाँ ३४ पैसा सरकारी खातामा जान्छ ।

तपाइँको प्रतिक्रिया