बिहीबार, माघ २६, २०७९

काठमाडौंको मेयर बने बालेन शाह र उपमेयर सुनिता डंगोल

फ्ल्यासन्युज नेपाल२०७९ जेठ १२ गते २२:३४

निर्वाचन आयोगको आधिकारिक वेबसाइटका अनुसार काठमाडौं महानगरपालिकाका नयाँ मेयरका रूपमा स्वतन्त्र उम्मेदवार बालेन शाह निर्वाचित भएका छन्।बिहीबार ३२ वटै वडाको मतगणना सकिएसँगै बालेन मेयर निर्वाचित भएका हुन्। बालेनले ६१ हजार ७६७ मत ल्याएका छन्।

त्यस्तै कांग्रेसकी मेयर उम्मेदवार सिर्जना श्रेष्ठले ३८ हजार ३४१ मत ल्याएकी छन् भने एमालेका केशव स्थापितले ३८ हजार ११७ मत पाएका छन् ।

आँखीझ्याल चुनाव चिह्नमा लडेका स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७७० मत पाएका छन् ।

६८ हजार ६१२ मत प्राप्त गरेर उपमेयरमा एमालेकी सुनिता डंगोल विजयी भएकी छन् ।

उपमेयरमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका रामेश्‍वर श्रेष्ठले २३ हजार ८०६ मत पाए ।

तपाइँको प्रतिक्रिया