शुक्रबार, माघ १३, २०७९

काठमाडौंको फोहोर बोकेका गाडीलाई ठाउँ-ठाउँमा अवरोध

फ्ल्यासन्युज नेपाल२०७९ जेठ १२ गते १२:१८

काठमाडौंको फोहोर बिसर्जन गर्न गएका लागि बन्चरेडाँडा गएका गाडीलाई स्थानीयबासीले कतै ढुंगाहरु राखेर अवरोध गरेका छन् भने कतै तगाराहरु राखेका छन् ।
साथै ठाउँ-ठाउँमा स्थानीयहरु जम्मा भएर, बल प्रयोग गर्दै फोहोर बिसर्जन भइरहेको भन्दै विरोध समेत गरेका छन् । मंगलबारदेखि सरकारले प्रहरी लगाएर बन्चरेडाँडामा फोहोर बिसर्जन गराउँदै आएको छ ।

धादिङको धुनिबेसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका स्थानीयबासी र जनप्रतिनिधिहरूले बन्चरेडाँडामा बनिरहेको डम्पिङ साइटमा बिसर्जन गर्न नदिने अडान राख्दै आएका छन् ।

मुड्खु, सिसडोल र बन्चरेडाँडासहित विभिन्न ठाउँमा फोहोर फाल्न गाएका गाडी सडकमै रोकिएका छन् । स्थानीय बासिन्दालाई उचित क्षतिपूर्ति, मुआब्जा र विभिन्न पूर्वाधारहरुको सुनिश्चितता नगरेसम्म दीर्घकालीन रुपमै फोहोर व्यवस्थापन गर्न नदिने स्थानीयको अडान छ ।

तपाइँको प्रतिक्रिया