शुक्रबार, माघ १३, २०७९

कागजको अभाव हुँदा समयमै पाठ्यपुस्तक छपाई गरी विद्यालयहरुमा पठाउन सकिएन: जनक शिक्षा

फ्ल्यासन्युज नेपाल२०७९ जेठ ११ गते १५:२४

देशभर पाठ्पुस्तकको हाहाकार भएको छ । स्थानीय तह निर्वाचनका कारण पाठ्यपुस्तकको हाहाकार भएको हो ।

सरकार र सम्बद्ध निकाय निर्वाचनमा व्यस्त रहेकाले देशभरका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक हाहाकार भएको छ । शैशिक सत्र सुरु भएको ११ दिन बितिसक्दा पनि विद्यालयमा पाठ्पुस्तक उपलब्ध नभएपछि सम्बद्ध निकायको सर्वत्र आलोचना भएको छ ।

शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यार्थीहरूले पाठ्यपुस्तक नपाएपछि यथाशीघ्र पुस्तक उपलब्ध गराउन संसद्को शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई निर्देशन दिएको छ । आज (बुधबार) बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले विद्यार्थीलाई पढाइबाट बञ्चित हुन नदिन समयमै पाठ्यपुस्तक हातहातमा पुर्याउन सरकारलाई निर्देशन दिएको हो ।

कूल १ करोड ९८ लाख पुस्तक छपाइ हुनुपर्नेमा हालसम्म १ करोड ६५ लाख पुस्तक छपाइ भएको छ । ३५ लाख पुस्तक छपाइ हुन बाँकी रहेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।

देशभर पाठ्यपुस्तकको अभाव भईरहेका बेला केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले स्थानीय तह निर्वाचन र रुस–युक्रेन युद्धका कारण कागजको अभाव हुँदा समयमै पाठ्यपुस्तक छपाई गरी विद्यालयहरुमा पठाउन नसकिएको स्पष्टिकरण दिनु भएको हो । बुधबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उहाँले कोभिडलाई पनि कागज आपूर्तिको सहायक कारकको रुपमा चित्रण गर्नु भयो । प्रबन्ध निर्देशक झाले भन्नु भयो, ‘पाठ्यपुस्तक छपाईमा हाम्रो समस्या कहाँ रह्यो भने कागज आपूर्ति समयमा हुन सकेन । हाम्रो कार्यतालिका अनुसार चैत्रको १० गतेसम्ममा सम्पूर्ण कागज आपूर्ति गरिसक्नुपर्ने सम्झौताको असोज २४ गते नै गरिएको थियो । तर कागज चैत्रको १० गते भित्र पटकपटक गरेर आपूर्ति भईसक्नुपर्नेमा यो बीचमा रुस–युक्रेन युद्ध भयो । जसकारणले हामीकहाँ मात्रै होईन, विश्वभर नै कागजको हाहाकार भयो । त्यसको प्रभाव नेपालमा पनि प¥यो । अर्को स्थानीय तह निर्वाचनले पनि छपाईमा प्रभाव पा¥यो ।’

तपाइँको प्रतिक्रिया