काठमाडौंमा बालेन र सुनिताको जित निश्चित
फ्ल्यासन्युज नेपाल२०७९ जेठ ११ गते १२:११
काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा (एमाले)की उम्मेदवार सुनिता डंगोलको जित निश्चत भएको छ ।
गणना हुन बाँकीभन्दा प्रतिस्पर्धीसँगको ४० हजार बढी मतान्तर भएकाले उनको जित सुनिश्चित भएको हो ।
काठमाडौंमा कुल खसेको करिब एक लाख ९१ हजार मतमध्ये उनले करिब ६० हजार मत पाएकी छन् ।
उनका प्रतिस्पर्धी नेकपा एसका रामेश्वर श्रेष्ठले करिब २० हजार मत पाएका छन् ।
त्यस्तै, मेयरमा पनि स्वतन्त्र उम्मेदवार बालेन साहको जित निश्चित भएको छ ।
अहिलेसम्मको गणनाअनुसार स्वतन्त्र उम्मेदवार साहले ५४७३९ मत प्राप्त गरेका छन् ।
कांग्रेसकी सिर्जना सिंहले ३४५७० मत पाएकी छन् ।
एमाले उम्मेदवार केशव स्थापितले ३३९२१ मत पाएका छन् ।