बिहीबार, माघ २६, २०७९

सेन्ट लरेन्स कलेजका शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित

फ्ल्यासन्युज नेपाल२०७९ जेठ १० गते १३:०४

काठमाडौँ चाबहिल स्थित सेन्ट लरेन्स कलेजका विद्यार्थीहरु आफ्नै शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै आन्दोलनमा उत्रिएका छन् । कलेजका कोअर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ र १२ मा पढ्ने किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको विद्यार्थीले आरोप लगाएका छन् ।

विद्यार्थीहरूले विद्यालयका कोअर्डिनेटर अधिकारीले पटकपटक यौन दुर्व्यवहार गरेको भन्दै आरोप लगाएका छन् । विद्यार्थीहरूले दुर्व्यवहारबारे विद्यालयलाई जानकारी गराउँदा पनि कलेज प्रशासनले कारबाही नगरेपछि आफुहरु आन्दोलन गर्न बाध्य भएको जनाएका छन् ।

उनीहरुले प्रहरी वृत्त गौशाला अगाडि विद्यालय पोसाकमै प्रदर्शन गरेका छन् ।

कोअर्डिनेटर अधिकारीले आफूसँगै सुत्न र त्यसो नगरे रेस्टिकेट गरिदिनेसम्मको धम्की दिइएको विद्यार्थीहरूले दाबी गरेका छन् । कोअर्डिनेटर अधिकारीले पीडित बालिकालाई जबरजस्ती क्याफेमा लगेर संवेदनशील अङ्ग छोएको, आफ्नै घरमा बस्न दबाब दिएको लगायतका आरोप लगाएका छन् ।

तपाइँको प्रतिक्रिया