मन्त्रिपरिषदको बैठकले नीति तथा कार्यक्रम पारित, आजै दुवै सदनमा पेश
फ्ल्यासन्युज नेपाल२०७९ जेठ १० गते १२:५०
मन्त्रिपरिषदको बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ ।
मंगलबार भर्खरै बसेको बैठकले नीति तथा कार्यक्रम पारित गरेको एक मन्त्रीले दैनिक नेपाललाई जानकारी दिएका छन् ।
पारित नीति तथा कार्यक्रम आजै अपराह्न ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा पेश गर्नेछिन् ।
जेठ १० गते नीति तथा कार्यक्रम पेस गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।