मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न आदेश
फ्ल्यासन्युज नेपाल२०७९ जेठ ९ गते २२:०१
बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेमाथि अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले ५ दिनको समय दिएको छ । जिल्ला प्रहरी परिसर शनिबार स्वयम्भुबाट पक्राउ परेका पाण्डेलाई प्रहरीले सोमबार अदालतमा उपस्थित गराएपछि अनुसन्धानका लागि ५ दिन म्याद थप गरेको हो ।
सोमवार जिल्ला प्रहरी परिसर काठमाडौंमा पीडित युवतीले पाण्डेविरुद्ध मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन–०६४ अनुसारको कसुरमा जाहेरी दिएकी छन् ।
उनले सन् २०१४ मा सौन्दर्य प्रतियोगिताको नाममा आफु १६ वर्षको हुँदा बलात्कार गरेको आरोप ती युवतीले लगाएकी छिन्।