बिहीबार, माघ २६, २०७९

काठमाडौं महानगरका १५ वडाको गणना सकियो, सिर्जना भन्दा ८३१ मतले केशव पछाडी

फ्ल्यासन्युज नेपाल२०७९ जेठ ८ गते १७:०१

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता अझै फराकिलो बनाएका छन्।

पछिल्लो मतपरिणाम अनुसार १ लाख १६ हजार ८ सय ८५ गणनामा शाहले ४१ हजार २ सय ७९ मत पाएका हुन्।

उनले दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई १७ हजार ४ सय २४ मतले पछि पारेका छन्। सिंहले २३ हजार ८५५ मत पाएकी छन्।

यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २३ हजार २४ मत पाएका छन्। स्थापित सिंहभन्दा ८३१ मतले पछि परेका छन्।

३२ वडा रहेको काठमाडौं महानगरमा १५६ वडाको अन्तिम परिणाम आइसकेको छ।

बालेन र सिर्जनाबीचको मतान्तर १७ हजार ४२४ छ भने स्थापितसँग १८२५५ छ।

सिर्जना र स्थापितको मतान्तर ८३१ मत छ।

अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, २४, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सकिसकेको छ।

त्यस्तै अहिले वडा नम्बर ९, १०, ११, १२, १३, २२, २३, २५ र २६ को मतगणना राष्ट्रिय सभा गृहमा जारी छ।

यीमध्ये वडा नम्बर ९, १०, ११ र २६ मा बालेनको अग्रता छ।

वडा नम्बर १२ मा भने सिर्जनाले अग्रता लिएकी छन्। यहाँ १६८३ मत गन्दा सिर्जनाले ६८०, स्थापितले ४९७ र बालेनले ३४७ मत पाएका छन्।

त्यस्तै वडा नम्बर २३, २४ र २५ मा स्थापितको अग्रता छ।

२४ नम्बर वडाको गणना सकिएको छ। जसमा स्थापितले ९१० मत पाउँदा सिर्जनाले ७६० र बालेनले ६०२ मत पाएका छन्।

२३ नम्बर वडाको १७८३ मत गन्दा स्थापितले ४२१, सिर्जनाले ३४७ र बालेनले २७९ मत पाएका छन्।

वडा नम्बर २५ मा गणना भएको ४०५९ मतमा स्थापितले ९३०, सिर्जनाले७३० र बालेनले ६८५ मत पाएका छन्।

तपाइँको प्रतिक्रिया