मंगलबार, माघ १७, २०७९

फराकिलो मतान्तर सहीत धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ अगाडी

फ्ल्यासन्युज नेपाल२०७९ जेठ ७ गते २०:२५

धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले दोस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका किशोर राईसँगको मतान्तर फराकिलो पार्दै लगेका छन्।

शनिबार साँझसम्म गणना भएको ५० हजार १ सय ९ मतमध्ये साम्पाङले १६ हजार २६ मत पाएका छन् भने सत्ता गठबन्धनबाट उम्मेदवार बनेका राईले १३ हजार १८२ मत पाएका छन्।

उपमेयरमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले १६ हजार ०७९ मत पाएका छन् भने एमालेका पदमप्रसाद लिम्बुले १४ हजार ४३१ मत पाएका छन्।

निवर्तमान उपमेयरसमेत रहेकी एमालेकी मन्जु भण्डारीले १० हजार ६२२ मत ल्याएकी छन्।

तपाइँको प्रतिक्रिया