शनिबार, माघ २१, २०७९

काठमाडौं महानगरपालिकामा एक लाख मत गन्न बाँकी

फ्ल्यासन्युज नेपाल२०७९ जेठ ७ गते ११:२३

काठमाडौं महानगरपालिकामा एक लाख मत गन्न बाँकी रहेको छ। शनिबार विहानसम्म झन्डै ९१ हजार मत गनिसक्दा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साहले एमालेका केशव स्थापितसँग १५ हजार ५६८ मतको फराकिलो अन्तर कायम राखी अग्रता बढाएका छन्।

९० हजार २९२ मत गनेर सकिंदा बालेनले ३३ हजार २६० मत पाएका छन्।स्थापितले १७ हजार ६९२ र सिर्जना सिंहले १७ हजार ५७९ मत पाएका छन्। हालसम्म वडा नम्बर १, २, ३, ४, ५, २८, २९, ३० र ३२ को नतिजा सार्वजनिक भइसकेको छ। अन्य वडाको मत गणना जारी रहेको छ।

२३ वडाको मत गणना सम्पन्न हुन बाँकी रहेको छ। बालेनले यहि गतिमा मतान्तर बढाएको खण्डमा उनी काठमाडौंको मेयरमा जित्ने प्रक्षेपण समर्थकले गरिसकेका छन्।

काठमाडौंमा एक लाख ९१ हजार मत खसेको थियो।

तपाइँको प्रतिक्रिया