मोरङको रंगेलीमा झडप: खसेको मतभन्दा बढी मतपत्र भेटियो
फ्ल्यासन्युज नेपाल२०७९ जेठ ६ गते १८:००
मोरङको रंगेलीमा खसेको मतभन्दा धेरै मतपत्र भेटिएपछि तनाव भएको छ ।
गणनाको क्रममा खसेको भन्दा बढी मत भेटिएपछि प्रहरी र दलका कार्यकर्ताबीच झडप भएको हो ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई राउण्ड अश्रु ग्यास प्रहार गरेको छ ।
रंगेली नगरपालिका-७ को मतगणनाको क्रममा १०७ मत बढी फेला परेपछि शुक्रबार बिहानैदेखि दलका कार्यकर्ताले विरोध गरिरहेका थिए । नेकपा एमाले भने विरोधमा सहभागी थिएन ।