कोर एरियामा केशव स्थापित पक्कड बनाउँदै
फ्ल्यासन्युज नेपाल२०७९ जेठ ५ गते १९:३६
काठमाडौं महानगरपालिकाको कोर एरियामा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पक्कड कायम गरेका छन् ।
वडा नम्बर २७ मा ३०० मत गणना सकिँदा स्थापित एक्लैले १४५ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार बालेन साहले ४३ मत र कांग्रेसकी सिर्जना सिंहले ४१ मत ल्याएका छन् ।
त्यस्तै, काठमाडौंको वडा नम्बर ८ मा भने सिंहले अग्रता लिएकी छन् ।
यस वडामा ६०० मतको गणना सकिँदा सिर्जना सिंहले अग्रस्थानमा रहँदै १९५ भोट ल्याएकी छन् ।
एमालेका स्थापित र स्वतन्त्र उम्मेवार बालेनको समान १५०/१५० भोट छ ।