बिहीबार, माघ २६, २०७९

गायिका अस्मिता अधिकारीलाई छिन्नलता पुरस्कार

फ्ल्यासन्युज नेपाल२०७९ जेठ ४ गते २२:५६

गायिका अस्मिता अधिकारीलाई ‘छिन्नलता प्रतिभा पुरस्कार २०७९’ प्रदान गरिने भएको छ । छिन्नलता गीत पुरस्कार गुठीले यसवर्षको सम्मान अधिकारीलाई प्रदान गर्ने निर्णय गरेको हो ।

आफूले पुरस्कार पाउने घोषणा भएपछि सामाजिक संजालमा प्रतिक्रिया दिँदै गायिकाले आफू खुशिले ‘अवाक’ भएको बताएकी छन् । ‘नेपाली संगीत जगतको यति ठूलो सम्मान मेरा लागि गीत संगीत क्षेत्रमा अझै अघि बढ्न ठूलो प्रेरणा हुनेछ’ उनले भनेकी छन् ।

तपाइँको प्रतिक्रिया