रेणु दाहालको निरन्तर अग्रता कायमै, विजय सुवेदी करिब २२ सय मतले पछाडि
फ्ल्यासन्युज नेपाल२०७९ जेठ ४ गते २२:३७
भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी साझा तथा नेकपा (माओवादी केन्द्र)की मेयरको उम्मेदवार रेनु दाहालले निरन्तर अग्रता कायमै छ ।
३१ हजार ६९३ मत गणना हुँदा मेयरका उम्मेदवार उनले २१९८ मतको अग्रता लिएकी छन् ।
अहिले भरतपुर महानगरपालिका वडा नम्बर ७ र ८ को मत गणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जसअनुसार दाहालले ११७१६ मत प्राप्त गरेकी छन् भने नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीले ९५१८ मत प्राप्त गरेका छन् ।