शनिबार, माघ २१, २०७९

बालेनले कटाए १० हजार, स्थापितको भन्दा पाँच हजार बढी मत

फ्ल्यासन्युज नेपाल२०७९ जेठ ३ गते १०:३६

काठमाडौं महानगरपालिकामा बालेन शाहले अग्रता कायमै राखेका छन्। काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका बालेनले मंगलबार बिहान अग्रता थप बढाएका छन्।

पछिल्लो मत परिणाम अनुसार उनले १० हजार २४१ मत पाएका छन्। उनी कंग्रेस र एमालेका प्रतिस्पर्धी भन्दा दोब्बर मतले अगाडि छन्। एमालेका केशव स्थापितले पाँच हजार ४५३ मत पाएका छन् भने कांग्रेसकी सिर्जना सिंहले चार हजार ७४२ मत पाएकी छन्।

तपाइँको प्रतिक्रिया