बिहीबार, माघ २६, २०७९

मतान्तर बढाउदै स्वतन्त्र उम्मेदवार बालेन्द्र साह

फ्ल्यासन्युज नेपाल२०७९ जेठ ३ गते १:००

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायम राख्दै आउनु भएको छ ।

पछिल्लो मत परिणाम अनुसार एमालेका मेयरका उम्मेदवार केशव स्थापितलाई करिव दोब्बर मतले पछि पार्दै स्वतन्त्र उम्मेदवार साहले आफ्नो अग्रतालाई निरन्तरता दिनु भएको हो । जस अनुसार साहले ८४२० मत प्राप्त गर्नु भएको छ भने एमालेका मेयरका उम्मेदवार स्थापितले ४४३६ मत ल्याउनु भएको छ । सत्तारुढ गठबन्धनकी उम्मेदवार सृजना सिंहले भने ३८८१ मत ल्याउनु भएको सहायक निर्वाचन अधिकृत प्रेस प्रसाद पौडेलले जानकारी दिनु भयो ।

तपाइँको प्रतिक्रिया