बिहीबार, माघ २६, २०७९

फेरि पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारीमा सरकार

फ्ल्यासन्युज नेपाल२०७९ जेठ ३ गते ०:५४

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी गरेको छ ।

आयोगले भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मुल्य फेरि बढेर आएको विज्ञप्ति जारी गर्दै नेपालामा पनि मूल्य बढाउन लागेको हो ।

निगमले भारतीय निगमसँग किन्ने पेट्रोलको लागत मूल्य प्रतिलिटर १९२.९४ रुपैयाँ पुगेको छ । यसअघि निगमले भारतबाट खरिद गर्ने पेट्रोलको लागत प्रतिलिटर १८४.३६ रुपैयाँमा थियो ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले जारी गरेको विज्ञप्तिमा भारतीय निगमले पठाएको मूल्यसूचीअनुसार नयाँ खरिद लागत पेट्रोलमा प्रतिलिटर २२ रुपैयाँ ९४ पैसा र डिजेलमा ३३ रुपैयाँ ३३ पैसा घाटा हुने देखिएको बताए ।

यद्यपि मूल्य कहिले बढाउनेबारे कुनै निर्णय भएको छैन ।

तपाइँको प्रतिक्रिया