मंगलबार, माघ २४, २०७९

कांग्रेस-माओवादीबीच झडप हुँदा सोलुखुम्बुमा एकको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७९ वैशाख ३१ गते १०:१५

सोलुखुम्बुको सोताङ गाउँपालिकामा दोहोरो झडप हुँदा एक जनाको मृत्यु भएको छ ।
सोताङ गाउँपालिका वडा नम्बर ३ मा भोट खासल्न आएकी विरामी वृद्धा महिलाको मृत्युपछि कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप भएको थियो ।
शुक्रबार साँझ भएको झडपमा घाइते भएका ३५ वर्षीय सुदिप राईको उपचारका क्रममा फाप्लु अस्पतालमा मृत्यु भएको हो ।
कांग्रेस कार्यकर्ताको ढुंगा प्राहारबाट राईको टाउकोमा गम्भीर चोट लागेको थियो । झडपमा कांग्रेसका कार्यकर्ता पनि घाइते भएका छन् । घटनामा संलग्न ३ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

तपाइँको प्रतिक्रिया