बिहीबार, माघ २६, २०७९

कटारी नगरपालिका १० स्थित कालिका माध्यमिक विद्यालयको मतदान केन्द्रमा हवाइ फायर

फ्ल्यासन्युज नेपाल२०७९ वैशाख ३० गते १८:३६

उदयपुरको जिल्लाको कटारी नगरपालिका १० स्थित कालिका माध्यमिक विद्यालयको मतदान केन्द्रमा प्रहरीले हवाइ फायर गरेको छ ।

शुक्रबार दिउँसो प्रहरीले हवाइ फायर गरेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले पुष्टि गरे । प्रहरीले ८ राउण्ड हवाइ फायर गरेको छ।

मतदान अन्तिम समयमा पुगेको बेला स्थानीयले बुथ कब्जा गर्न खोजेपछि प्रहरीले गोली चलाएको हो।

प्रहरीको गोली लागेर स्थानीय २० वर्षीय युवा नविन कटुवाल घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।अहिले त्यहाँको अवस्था सामान्य भएको छ ।

तपाइँको प्रतिक्रिया