रौतहटमा मतपेटिका लुटियो
फ्ल्यासन्युज नेपाल२०७९ वैशाख ३० गते १८:२५
रौतहटको एक मतदान केन्द्रबाट मतपेटिका लुटिएको छ ।
यमुनामाई गाउँपालिका-१ स्थित मतदान केन्द्रबाट मतपेटिका लुटिएको हो । स्थानिय केही व्यक्ति मतपेटिका बोकेर भाग्दैगरेको फोटो सामाजिक संजालमा देख्न सकिन्छ ।
जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पटक-पटक झडप भएको थियो । आक्रोसित भीडले मतदान केन्द्र कब्जामा लिएर मतदान भएको र बाँकी रहेको मतपत्र च्यात्नुका साथै मतपेटिका तोडफोड गरेका हुन्