मंगलबार, माघ २४, २०७९

बाजुरामा एमाले र कांग्रेस कार्यकर्ताबीच खुकुरी हानाहान

फ्ल्यासन्युज नेपाल२०७९ वैशाख ३० गते १२:१५

बाजुराको बुढीगंगा नगरपालिकाका तीन मतदान केन्द्रमा एमाले र कांग्रेसका कार्यकर्ताबीच खुकुरी हानाहान भएको छ।
मतदान स्थलहरूमा झडप भएर तनाव सिर्जना हुँदा प्रहरीले हवाई फायर गरेको हो।
बुढीगंगा नगरपालिका-९ मा २ राउण्ड सोही नगरपालिकाको वडा न १० सिगाडामा माविमा रहेको मतदान केन्द्र र बुढीनन्दा नगरपालिका-९ अगाउपानीमा रहेको हिमाली आधारभूत विद्यालयमा पनि हवाई फायर भएको प्रहरीले जनाएको छ।

तपाइँको प्रतिक्रिया