रामेछापमा १५ राउन्ड हवाई फायर, मतदान स्थगित
फ्ल्यासन्युज नेपाल२०७९ वैशाख ३० गते ११:५७
रामेछापका विभिन्न मतदान केन्द्रमा १५ राउण्ड हवाई फायर भएको छ ।
शुक्रबार विहानदेखि सुरु भएको मतदानका क्रममा विवाद भएपछि स्थितिलाई नियन्त्रण गर्न प्रहरीले १५ राउण्ड हवाई फायर गरेको हो ।
सुनापती – २ मा एक राउन्ड, खाँडादेवी– १ मा ६ राउन्ड, मन्थली– १२ मा ३ राउन्ड र मन्थली– ९ मा ५ राउन्ड हवाई फायर भएको प्रहरीले जनाएको छ ।
गोली चलेका खाँडादेवी र मन्थलीका दुईवटा मतदान केन्द्रमा अहिले मतदान स्थगित भएको छ । खाँडादेवीकै पकरबासमा स्थगित भएको मतदान पुनः सूचारु भएको छ ।