शनिबार, माघ २१, २०७९

धनुषा, बारा र बझाङका विभिन्न मतदान केन्द्रमा झडप र हवाई फायर

फ्ल्यासन्युज नेपाल२०७९ वैशाख ३० गते ११:५३

धनुषाको शहीदनगर नगरपालिकाको एक मतदानस्थलमा विवाद हुँदा प्रहरीले हवाई फायर गरेको छ ।
नगरपालिकाको वडा नम्बर १ स्थित कुम्भकर्ण मतदानस्थलमा विवाद भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ ।

बाराको पचरौता नगरपालिका २ स्थित बरगाछी मतदान केन्द्रमा तनाव भएको छ । नेकपा एमालेका उम्मेदवार र कार्यकर्ताले बुथ कब्जा गरी एक पक्षीय रुपमा मतदान गरेको आरोप लगाउँदै विपक्षी राजनीतिक दलका कार्यकर्ताले प्रदर्शन गरेपछि मतदान प्रक्रिया रोकिएको छ ।
निर्वाचन अधिकृतलाई मतदान केन्द्र बाहिर निकालेर एक पक्षीय रुपमा मतदान गरेको आरोप उनीहरुले लगाएका छन् ।

बझाङको जयपृथ्वी नगरपालिका वडा नं‍ ७ अन्तर्गतको मतदानस्थल सुनिपिपल चौर मावि मतदान केन्द्रमा झडप भएको छ ।
सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीचको झडपका क्रममा केही मतपत्र च्यातिएको छ ।
झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर पनि गरेको छ ।

तपाइँको प्रतिक्रिया