हुम्लाको चंखेली गाउँपालिका-२ घाइतेको हेलिकप्टरबाट उद्धार
फ्ल्यासन्युज नेपाल२०७९ वैशाख ३० गते ११:४७
हुम्लाको चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा ढुंगाले लागेर घाइते भएकाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
घाइते भएका कार्यालय सहयोगी काला रोकायलाई उद्धार गरी उपचारका लागि सुर्खेत लगिएको हुम्लाकी प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन् ।
ढुंगामुढाबाट मतदान अधिकृत कृष्ण प्रसाद आचार्य र कार्यालय सहयोगी काला रोकाया घाइते भएका छन र ।
मतदानका क्रममा एक समूहले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि प्रहरीले ७ राउण्ड गोली समेत चलाएको थियो । घटना माथिल्लो हुम्लाको चंखेली गाउँपालिका २ स्थित महादेव मावि मतदान केन्द्रमा भएको हो ।