शुक्रबार, माघ १३, २०७९

बिहान ११ बजेसम्ममा २५ प्रतिशत मत खस्यो : निर्वाचन आयोग

फ्ल्यासन्युज नेपाल२०७९ वैशाख ३० गते ११:३६

७५३ पालिकाका लागि भएको मतदानमा बिहान ११ बजेसम्ममा २५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहान ११:१५ सम्मको अपडेटमा औसत २५ प्रतिशत मत खसेको जानकारी दिए । देशका ७७ जिल्लाका १० हजार ७ सय ५६ मतदानस्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रहरूमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले मतदान गर्दैछन् । ‘बिहान ७ बजेदेखि साँझ ५ बजे सम्म मतदाताले जनप्रतिनिधि चुन्नका लागि मतदान गर्न पाउँने छन्।

तपाइँको प्रतिक्रिया