मंगलबार, माघ १७, २०७९

सर्लाहीको धनकौलमा ६ राउन्ड हवाई फायर

फ्ल्यासन्युज नेपाल२०७९ वैशाख ३० गते ११:२९

सर्लाहीको धनकौल गाउँपालिकामा उम्मेदवारको प्रतिनिधि राख्ने विषयमा विवाद हुँदा प्रहरीले हवाई फायर गरेको छ।
धनकौल गाउँपालिका–२, पशु सेवा केन्द्र मतदानस्थलमा राजनीतिक दलका नेता कार्यकर्ताबीच झडप हुन थालेपछि ६ राउन्ड हवाई फायर गरेको हो।

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच ढुंगा हानाहान भएपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउनु परेको एसपी प्रभी पोखरेलले बताए।
स्थिति नियन्त्रणमा लिन नेपाली सेनाका सुरक्षाकर्मी समेत खटाइएको प्रहरीले जनाएको छ।

तपाइँको प्रतिक्रिया