बालेन साहले शुभ साइतमा मतदान गरे
फ्ल्यासन्युज नेपाल२०७९ वैशाख ३० गते ११:२३
काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ११ बजेर ३ मिनेटको साइतमा आफूले मतदान गरेको बताएका छन् । ज्योतिषशास्त्र अनुसार आफूले साइत हेरेर मतदान गरेको उनले बताए ।
काठमाडौं महानगरपालिका-९ का स्थायी बासिन्दा उनले काठमाडौंको गैरीगाउँस्थित अन्नपूर्ण बोडिङ स्कूल मतदान केन्द्रबाट भोट हालेका हुन्।