बिहीबार, माघ २६, २०७९

हप्तामा दुई दिन विद्यालय बन्द गर्नु : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

फ्ल्यासन्युज नेपाल२०७९ वैशाख २८ गते १६:४६


शिक्षा मन्त्रालयले आगामी जेठ १ गतेबाट निजि तथा सरकारी विद्यालयहरुलाई हप्तामा २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रालयको बैठकले विद्यालयहरु शनिबार र आइतबार गरी हप्तामा २ दिन बिदा दिने औपचारिक निर्णय गरेको हो।
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार अब शनिवारबाहेक आइतबार पनि विद्यालय बन्द रहने छ । हाल रहेको विद्यालय समयलाई यथावत राखी शुक्रबार आधा छुट्टीको व्यवस्था भने हटाइएको छ ।
त्यसैगरी हिउँदे बिदा, वर्षे विदा, स्थानीय बिदा वा पर्व बिदाहरुलाई कटौती गरी अब वर्षमा अधिकतम ३० दिन मात्रै बिदा दिन पाइने भएको छ ।
यसअघि सरकारी विद्यालयहरुमा हिउँदे र वर्षे विदा गरी कुल ४५ दिन र स्थानीय पर्व बिदा ५ दिन गरी कुल ५० दिन बिदा पाउने व्यवस्था थियो ।

तपाइँको प्रतिक्रिया